कालिकोटको तिलागुफामा स्वास्थ्य शिविर
कालीकोट | असार २२, २०७९
कालिकोट: कालिकोटको तिलागुफा नगरपालिका–९, १० र ११ मा जिल्ला स्वास्थ्य सेवा कार्यालयले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट चार सय ७३ जनाले सेवा लिएका छन् ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डा रत्नवीर सुनारका अनुसार विशेषज्ञ स्वास्थ्य सेवाअन्तर्गत ४३ महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण, ४६ जनाको दाँतको उपचार, २७ जनाको भिडियो एक्स–रे र ६ पुरुषको बन्ध्याकरण गरिएको छ । सो क्रममा ३५० जनालाई औषधि वितरण गरिएको कार्यालयका सूचना अधिकारी कटबहादुर महतले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरलाई जिल्लाभर अभियानकै रूपमा सञ्चालन गर्ने योजना रहेको महतले बताउनुभयो । स्वास्थ्य शिविरका सबै प्रकार स्वास्थ्योपचारका सेवा दिने योजना छ । “जनशक्तिले भ्याएसम्म दुर्गम तथा पिछडिएको क्षेत्रमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ”, महतले भन्नुभयो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

